२८ असार २०८३, आइतबार

इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गरी नेवार समुदायले मनाए सिथी: नख पर्व [तस्वीरहरू]

जेठ १८, २०८२
काठमाडौं
इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गरी नेवार समुदायले मनाए सिथी: नख पर्व [तस्वीरहरू]

नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । 

यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सबै टोलबासीहरू मिलेर आ-आफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ। ग्रीष्म सकिएर वर्षा याम शुरू हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा गर्‍यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्