१२ साउन २०८३, मंगलबार

गाजाको सहायता केन्द्र नजिकै इजरायली आक्रमण, १५ जनाको मृत्यु

जेठ २०, २०८२
काठमाडौं
गाजाको सहायता केन्द्र नजिकै इजरायली आक्रमण, १५ जनाको मृत्यु

इजरायली सेनाले मङ्गलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको उद्धार कर्ताहरुले जनाएका छन् ।

आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।

घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौं नागरिक विरुद्ध ट्याङ्क र ड्रोनलेमार्फत आक्रमण गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताए ।

इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको  छ । गाजामा इजरायलले दुई महिना सम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खानालगायत अन्य अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् ।

पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तराष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई  अनुमति दिन आग्रह गरेको छ ।

हमासलाई पराजित गर्ने उद्देश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

इजरायली सेनाले मङ्गलबार क्षेत्रको उत्तरमा आफ्ना तीन जना सैनिक मारिएको र द्वन्द्व शुरू भएदेखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ जना  पुगेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्