२३ जेठ २०८३, शनिबार

सामुदायिक विद्यालयलाई सशक्त बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जेठ २०, २०८२
काठमाडौं
सामुदायिक विद्यालयलाई सशक्त बनाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बीच समन्वय एव सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

काठमाडौंको टङ्गाल माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले राज्यका सबै निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् । 

'हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहनु हुँदैन । बरु परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने हुनुपर्दछ । प्राप्त अवसरको प्रभावकारी उपयोग गर्न र चुनौतीको सामना गर्न बालबालिकालाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ,' पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

सूचना तथा सञ्चार प्रविधि र यातायातको तीव्र विकासका कारण आजको विश्व एउटा साझा गाउँ जस्तै बन्न पुगेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोका खोलेको छ भने अर्कातर्फ केही चुनौती पनि थपिएका छन् । यसका लागि, हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नु अपरिहार्य भइसकेको छ ।'

salt training

कमेन्ट गर्नुहोस्