२० असार २०८३, शनिबार

के हो माधव नेपाललाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जली जग्गा प्रकरण ? [हेर्नुहोस् लोकान्तर अर्काइभ स्टोरी]

जेठ २२, २०८२
काठमाडौं
के हो माधव नेपाललाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जली जग्गा प्रकरण ? [हेर्नुहोस् लोकान्तर अर्काइभ स्टोरी]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मन्त्रिपरिषद्ले गरेको निर्णयमा पहिलोपटक आयोग प्रवेश गरेर बिहीबार विशेष अदालत काठमाडौंमा  भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

काभ्रेमा रहेको जग्गा पतञ्जली आयुर्वेदलाई दिने २०६६ पुस २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयमा अनुसन्धान गरी अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । 

अख्तियारले १८ करोड ५७ लाख बिगोसहित पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले तत्कालीन कानून तथा न्यायमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री (हाल दिवंगत) डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।  

तत्कालीन मुख्य सचिव (हाल दिवंगत) माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशीलाई प्रतिवादी बनाइएको छ ।

२०६९ सालमा बनेको चुनावी मन्त्रिपरिषद्‌मा गृहमन्त्री बनेका घिमिरेको त्रिशूलीमा भएको गाडी दुर्घटनामा मृत्यु भएको थियो । 

के हो माधव नेपाललाई भ्रष्टाचार मुद्दा लागेको पतञ्जली जग्गा प्रकरण ? यसअघि लोकान्तरले यस विषयमा खोज स्टोरी गरिसकेको थियो ।

हेर्नुहोस् लोकान्तर अर्काइभ :

१. माधव नेपालसँग अख्तियारले बयान लिएको पतञ्जली जग्गा विवादको नालिबेली [गोप्य कागजातसहित]

२. पतञ्जली जग्गा प्रकरण: कम्पनीको प्रबन्धपत्रमै व्यवस्था नहुँदा समेत बिक्री र सट्टापट्टाको स्वीकृति [भाग २]


 

salt training

कमेन्ट गर्नुहोस्