
नेपाली सामाजिक हास्यप्रधान चलचित्र ‘जन्ती बाख्रो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। ब्राण्ड यु पिक्चर्स प्रा. लि. को प्रस्तुति रहेको यो चलचित्र युट्युब च्यानलमार्फत प्रिमियर गरिएको हो।
चलचित्रमा प्रमुख भूमिकामा अर्जुन गुरुङ, लक्षण विक्रम बस्नेत, मुकुन्द मैनाली, विनीता भण्डारी, मिना जीसी, आऊष दाहाल, दिलीप थापा लगायत कलाकारहरू देखिएका छन्। फिल्मले ग्रामीण परिवेशमा आधारित हास्य, संघर्ष र सामाजिक यथार्थलाई चित्रण गरेको छ।
फिल्मका लेखक विनोद परियार हुन् भने निर्देशन सुबास गौतमले गरेका छन्। छायांकन तथा सम्पादन साजन घलेको रहेको छ। कथा उत्तम के.सी. नेपालको हो भने निर्माणमा दुर्गा केसी र दुर्गा भण्डारी संलग्न छन्।
चलचित्रमा प्रमोद ढुंगानाको शब्द, शुभ बहादुर सुनामको संगीत, पुष्कर सुनुवारको स्वर र संगीत संयोजन रहेको छ। नृत्य निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्।
फिल्मको पोस्ट–प्रोडक्सन ब्राण्ड यु पिक्चर्सले गरेको हो भने यात्रा साझेदारको रूपमा वाटरमार्क टुर्स एण्ड ट्राभल्स रहेको छ।