१२ साउन २०८३, मंगलबार

गाजामा इजरायली आक्रमणमा ७५ जनाभन्दा बढीको मृत्यु

जेठ २५, २०८२
काठमाडौं
गाजामा इजरायली आक्रमणमा ७५ जनाभन्दा बढीको मृत्यु

गाजा सिटीमा इजरायली आक्रमणका कारण कम्तीमा ७५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । 

एक आवासीय भवनमा गरिएको बम आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी रहेको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । 

गाजाको साबरा क्षेत्रमा रहेको सो भवनमा शनिबार बिहान गरिएको आक्रमणबारे प्यालेस्टिनी नागरिक सुरक्षा प्रवक्ता महमूद बासेलले अल जजीरालाई भने, ‘यसअघि कुनै चेतावनी दिइएन, कुनै सूचना दिइएन।’ 

उक्त बम आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

‘यो साँचो अर्थमा एक नरसंहार हो । यो भवन नागरिकहरूले भरिएको थियो’, उनले भने। उनका अनुसार करिब ८५ जना अझै भग्नावशेषमा फसेका छन् भन्ने अनुमान गरिएको छ।

घटनास्थलमा रहेका विस्थापित प्यालेस्टिनी नागरिक हामेद कहीलले भने, ‘हामी बमको आवाज, विनाश, चिच्याहट र ढुंगाहरूले ब्युँझियौं ।’ उनले यो आक्रमण ईद अल अधाको दोस्रो दिन भएको बताए।

स्थानीय बासिन्दा हसन अलखोरले अल जजीरालाई बताएअनुसार सो भवन अबु शरिया परिवारको थियो। 

इजरायली सेनाले भने सो आक्रमणमा मुजाहिदीन ब्रिगेड्सका नेता असआद अबु शरियालाई मारिएको दाबी गरेको छ। टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्ट अनुसार उनी २०२३ को अक्टोबर ७ मा हामासले इजरायलमा गरेको आक्रमणमा संलग्न थिए।

हामासले पनि टेलिग्राममार्फत वक्तव्य जारी गर्दै असआद अबु शरियाको मृत्यु पुष्टि गरेको छ। वक्तव्यमा उनका भाइ अहमद अबु शरियाको पनि हत्या गरिएको उल्लेख गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्