११ साउन २०८३, सोमबार

लस एन्जलसमा अशान्ति, ट्रम्पले तैनाथ गरे नेशनल गार्ड

जेठ २५, २०८२
काठमाडौं
लस एन्जलसमा अशान्ति, ट्रम्पले तैनाथ गरे नेशनल गार्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध गरिएको छापा र त्यसपछि लस एन्जलसमा भड्किएको अशान्तिलाई नियन्त्रणमा लिन २ हजार नेशनल गार्ड तैनाथ गरेका छन् ।

क्यालिफोर्नियाको उक्त शहरमा शनिबार दोस्रो दिन पनि तनाव जारी रहेको थियो । जहाँ मूख्यतः लाटिनो समुदायको बसोबास रहेको क्षेत्रमा आप्रवासन तथा भन्सार प्रवर्तनका संघीय अधिकारीहरूसँग झडप भएको थियो । प्यारामाउन्ट जिल्लामा भीड तितरबितर पार्न अश्रुग्यास र लाठीको प्रयोग गरिएको थियो ।

आईसीईको अभियानका कारण यसै साता लस एन्जलसमा ११८ जना पक्राउ परेका छन्, जसमध्ये ४४ जनालाई शुक्रबार पक्राउ गरिएको हो । गभर्नर गेभिन न्युसमले यस्ता छापालाई ‘क्रूर’ भन्दै आलोचना गरेका छन् ।

शनिबार ट्रम्प र न्युसमबीच करिब ४० मिनेट फोन संवाद भएको गभर्नरका प्रवक्ताले सीबीएस न्यूजलाई बताए । थप विवरण भने सार्वजनिक गरिएको छैन ।​​

प्यारामाउन्ट अहिले केही शान्त देखिए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप अझै भइरहेका छन् ।​ प्यारामाउन्टमा ८० प्रतिशतभन्दा बढी जनसंख्या हिस्पानिक समुदायको छ।

salt training

कमेन्ट गर्नुहोस्