
बिहीबार भारत गुजरातको अहमदाबादमा दुर्घटना भएको एअर इन्डियाको जहाज इन्टर्न डाक्टरहरू बस्ने होस्टेलमा खसेको पाइएको छ ।
अहमदाबाद विमानस्थलबाट उडेपछि केही मिनेटमै दुर्घटनामा परेको एअर इन्डियाको विमानको एक भाग भवनमाथि खसेको दृश्यहरू सार्वजनिक भएका छन् । स्रोतहरूका अनुसार सो भवन एउटा अस्पतालको इन्टर्न डाक्टरहरूको होस्टेल हो ।
समाचार संस्था पीटीआईले सार्वजनिक गरेको एक भिडियोमा दुर्घटनास्थल नजिक ठूलो भिड देखिन्छ । विमानको एउटा भाग जसमा पांग्रा समेत जोडिएको देखिन्छ, त्यो एक भवनको छानामाथि अडिएको छ ।
चालक दलका सदस्यसहित २४२ जना सवार विमान बिहीबार दिउँसो दुर्घटनामा परेको थियो । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक थिए ।