११ साउन २०८३, सोमबार

टेक्सासमा बाढीका कारण १० जनाको मृत्यु

जेठ ३१, २०८२
काठमाडौं
टेक्सासमा बाढीका कारण १० जनाको मृत्यु

दक्षिणी अमेरिकी राज्य टेक्सासमा भारी वर्षापछिको बाढीका कारण कम्तीमा दश जनाको मृत्यु हुनुका साथै धेरै व्यक्तिहरू बेपत्ता भएका छन् ।​

केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो शहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरू समेत अवरुद्ध भएको जनाइएको छ ।

सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ । हालसम्म मृतकको सङ्ख्या दश पुगेको शहरका अधिकारीहरूले पुष्टि गरेका छन् ।

सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा बाढीमा ज्यान गुमाएकाहरूको खोजी जारी राख्ने बताए । शहरका अधिकारीहरूले बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताएका छन् ।

वैज्ञानिकहरूले लामो समयदेखि मानव निर्मित जीवाश्म इन्धन उत्सर्जनद्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्