०४ साउन २०८३, सोमबार

बिहान १० बजेसम्म २० प्रतिशत मत खस्यो

मंसिर २१, २०७४
बिहान १० बजेसम्म २० प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर– प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि दोस्रो चरणको निर्वाचनअन्तर्गत बिहीवार बिहान १० बजेसम्म २० प्रतिशत मतदान भएको छ । 

देशका ४५ जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदानअन्तर्गत १० बजेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

यसपटक मतदाताले प्रतिनिधिसभा, प्रदेशसभा र प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिक गरी ३ मतपत्रमा ४ ठाउँमा मत संकेत गर्नुपर्ने भएकाले मतदानमा केही ढिलाई भइरहेको जनाइएको छ । एउटा मतदान केन्द्रमा १ घण्टामा औसतमा ५० देखि ६० जनाले मतदान गरिरहेका निर्वाचन आयोगका एक पदाधिकारीले लोकान्तरलाई बताए ।  

salt training

कमेन्ट गर्नुहोस्