०४ साउन २०८३, सोमबार

मन्त्रीको गाडी बन्यो मतदाता ओसार्ने साधन

मंसिर २१, २०७४
मन्त्रीको गाडी बन्यो मतदाता ओसार्ने साधन

काठमाडौं, २१ मंसिर - तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारा स्थित जनकल्याण मावि केन्द्रमा मन्त्री आशा कोइरालाको सरकारी गाडीले मतदाता ओसारेको भेटिएको छ । बिना विभागीय मन्त्री कोइराला तनहुँको क्षेत्र नम्बर २ को क तर्फका उम्मेदवार हुन  ।

मन्त्री कोइरालाको बा २ झ २६१६ नम्बरको गाडीमा मतदाता ओसारपसार गरेको देखिएको छ । मन्त्रीको गाडीमा आठ, नौ पटक सम्म मतदाता ओसारपसार गरेको बुझिन आएको छ ।

प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यले मन्त्रीले सवारीमा मतदाता ओसारेको खबर पाएकोले त्यस्तो कार्य रोक्न तुरुन्तै अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिए  ।

salt training

कमेन्ट गर्नुहोस्