
काठमाडौं, २१ मंसिर — नेपाली कांग्रेसका पाका नेता केबी गुरुङले इलाममा मतदान गरेका छन् । इलामको क्षेत्र नम्बर २ स्थित बालमन्दिर विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
संसदीय निर्वाचन यत्तिका वर्षपछि सम्पन्न हुनु खुशी कुरा भएको उनले मतदानपछि प्रतिक्रिया दिँदै भने ।