२३ जेठ २०८३, शनिबार
एसईईको नतिजा

एसईई नतिजा– गणितमा अनुत्तीर्ण हुनेको संख्या सवा लाख, नेपालीमा पनि ५४ हजार फेल !

असार १३, २०८२
काठमाडौं
एसईई नतिजा– गणितमा अनुत्तीर्ण हुनेको संख्या सवा लाख, नेपालीमा पनि ५४ हजार फेल !

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा बढी अनिवार्य गणितमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा यस्तो तथ्यांक पाइएको हो ।

त्यसपछि ८० हजार ६७६ जना विद्यार्थी अंग्रेजीमा, ७९ हजार २७१ जना विज्ञानमा र ५४ हजार ७३५ जना नेपालीमा अनुत्तीर्ण भएका छन्।

अन्य विषयहरूमध्ये ५३ हजार १८६ जना सामाजिकमा, ४२ हजार ११५ जना अर्थशास्त्रमा र १८ हजार २२२ जना वैकल्पिक गणितमा अनुत्तीर्ण भएको बोर्डले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्