२३ जेठ २०८३, शनिबार

आँपको लस्सी खाने कि खिर ? [बनाउने विधिसहित]

असार १४, २०८२
काठमाडौं
आँपको लस्सी खाने कि खिर ? [बनाउने विधिसहित]

अहिले आँपको मौसम छ । बजारमा थरिथरिका आँप आएका छन् । फलफूलको राजा मानिने आँप धेरैको प्रिय फल हो । सिजनमा प्राय: सबैले आँप खाएकै हुन्छन् ।

आँप बच्चादेखि बुढासम्मका सबैलाई मन पर्ने फल हो । आँप खानु स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । पाक कलामा आँपलाई एक अभिन्न अङ्गका रूपमा लिएको हुन्छ । सलाद,पेय पदार्थदेखि केक र मिठाई बनाउनसमेत आँपको प्रयोग गरिन्छ । प्राकृतिक रूपमा पाकेको आँप सबै भन्दा उत्तम मानिन्छ ।

आँपबाट देश अनुसार आइसक्रीमदेखि विविध परिकार आ-आफ्नै मौलिक परिकार छन् । थाइल्यान्डले आँपससँग स्टिकी राइस रुचाउँछ भने भारतले खिर तथा लस्सी । थाइल्यान्डले आँपको सलादलाई पनि खुब स्वादिष्ट र लोकप्रिय परिकारका रूपमा स्वदेशी तथा विदेशीलाई लोभ्याउँछ।​

जापानिजहरूका लागि आँपको प्यान केक र स्यान्डुज प्रिय लाग्छ । मेक्सीकनहरूले आँपको म्याङ्गोनाडा पेय र म्याङ्गो साल्सा खुब रुचाउँछन् भने इटलीले म्याङ्गो पन्नाकोटा र म्याङ्गो सोर्बेत बढी मन पराएको देखिन्छ। फ्रान्सले आँपको क्रेप्स,टार्ट्स,केक र पाई ज्यादा बनाएर पस्कने गर्छ ।

भारतले आँपबाट सयौं परिकार विकास गरेर विश्वभर फिजाएको छ भने चीनले पनि सख्खरखन्ड र पिडालुको पिठोसँग मिसाएर धेरै मिठाईका परिकारक रेसिपी विकास गरेको छ ।

null

नेपालमा पनि आँपको आफ्नै संस्कृति छ । असार १५ मा दही,चिउरा,आँप र केरा खाने प्रचलन छ । योबाहेक नेपालमा आँपको थेबे,चटनी,गुलियो अचार,पिरो अमिलो अचार,पाउ,तितौरा,आँपको रस,आँप मही,आँप लस्सीजस्ता विविध परिकार प्रचलन छ। त्यसो त आँपको माडबाट बनाउने पेय,काँचो आँपको धुलो पनि नेपाली परिकारहरूमा समावेश गरिन्छ ।

null

आँपको लस्सी

चाहिने सामाग्री:

राम्ररी पाकेको आँप- एक पिस

दही- आधा कप

चीसो पानी या दूध- आधा कप

बरफ- चार पिस

चीनी या सख्खर- ७ ग्राम

सुक्मेलको धुलो- एक पिन्च

ड्राइ नटको धुलो- आधा चम्चा

केसर- एक पिन्च

विपिङ्ग क्रिम- एक चम्चा

बनाउने विधिः

पाकेको आँपला राम्ररी पखालेर ताछ्ने र चानामा काटी एक साइडमा राख्ने। ब्लेन्डरमा दही आँप,आइस,र चीनी हालेर चलाउने ।

स्मुथ बनावट देख्नासाथ दुइवटा ग्लासमा खन्याउने र ड्राइनट्सको धुलो,क्रिम र केसर सजावट गरेर पस्कने ।

आँपको खिर

चाहिने सामग्री :

दूध- एक लिटर

पाकेको आँप-२ पिस

ताइचिन चामल- एक चौथाई

चीनी- ३ चम्चा

सुक्मेलको धुलो- पिन्च

काजु- ७ पिस

ठुलो बदाम- ७ पिस

घ्यु- ३ चम्चा

कालो मरिचको धुलो- पिन्च

गुलाब जल- एक चम्चा

बनाउने विधिः

चामललाई राम्ररी २ या ३ पटक पखालेर २० मिनेट भिजाई राख्ने।

बाक्लो कसौडी या देक्चीमा दूध उमालेर चामल हाल्दिने ।

सानो आचमा घोटी घोटी पकाउने ।

केही बाक्लो हुँदै गएर पाक्न लागेपछि चिनी,सुक्मेलको मरिचको धुलो,घ्युमा भुटेको काजु बदाम र गुलाब जल हाल्दिने।

पाकेको खिरलाई चिस्याउने र पाकेको आँपलाई ताछेर मसिनो गरी काटेर मिसाउने ।

अब राम्ररी चलाएर फ्रिजमा राखेर अझै चिसो बनाउने र पस्कने ।

salt training

कमेन्ट गर्नुहोस्