२३ जेठ २०८३, शनिबार

एसईईमा ४८ बाट ६२ प्रतिशत नतिजामा पुग्नु सानो उपलब्धि होइन : ओली

असार १४, २०८२
काठमाडौं
एसईईमा ४८ बाट ६२ प्रतिशत नतिजामा पुग्नु सानो उपलब्धि होइन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईको नतिजा १४ प्रतिशतले वृद्धि हुनु सानो उपलब्धि नभएको बताएका छन् । स्पेन भ्रमणबारे संसद्लाई शनिबार जानकारी गराउने कार्यक्रममा उनले शुक्रबार आएको नतिजा उल्लेख्य भएको बताएका हुन् । 

‘हिजो एसईईको नतिजा प्रकाशित भएको छ । गत वर्षभन्दा १४ प्रतिशतले वृद्धि भएको छ । धेरै वर्षपछि एसईईको नतिजामा उल्लेख्य प्रगति भएको छ । उत्तीर्ण हुनेलाई बधाई छ, उज्ज्वल भविष्यको शुभकामना,’ ओलीले भने, ‘कतिले अंक थपेर नतिजा निकालियो भनेर हचुवा कुरा गरेका छन् । विद्यार्थीको मेहनतले यो सम्भव भएको हो । ४८ प्रतिशतबाट ६२ पुग्नु पछिल्ला केही वर्षयताको उल्लेख ठूलो सफलता हो ।’

विद्यार्थी र शिक्षकको मेहनत सफल भएको उनले बताए । 'विद्यार्थीलाई पढाइको वातावरण बनाउने अभिभावक पनि धन्यवादका पात्र हुनुहुन्छ,' उनले भने ।

खुशी प्रकट गर्नुपर्नेमा मेहनत गरेर पास गरेका विद्यार्थीलाई अपमान गरिएको भन्दै उनले आपत्ति जनाए । विद्यार्थी फेल नै नहुने स्थिति बनाउने गरी पढाइको गुणस्तर बढाउनेसमेत ओलीले बताए ।

आगामी वर्ष निःशुल्क रूपमा अनलाइन कक्षा सञ्चालन गर्ने उनले बताए । मौका परीक्षा दिनेलाई भोलिबाटै अनलाइनको सेवा शुरू हुने पनि ओलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्