१७ असार २०८३, बुधबार

खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत [तस्वीरहरू]

असार १५, २०८२
काठमाडौं
खेतीयोग्य जमिन आवास क्षेत्रमा परिणत [तस्वीरहरू]

आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ ।

किसानहरूका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो  । हालसम्म १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यो तथ्यांक असार १३ गते शुक्रबारसम्मको हो  ।

धान नेपालको मुख्य खाद्यबाली हो  । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको छ  ।

सरकारले धानको उत्पादन र उत्पादकत्व बढाउन विभिन्न पहल गर्दै आएको छ  । यसका बाबजुद धानचामल आयातको तथ्यांक पनि डरलाग्दो छ  । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ३९ अर्ब रूपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो अवधिमा २६ करोड १९ लाख १९ हजार किलो धान आयात भएको हो ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ  । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ  । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको तथ्यांक छ  ।

चालु आर्थिक वर्ष २०८१-८२ देशभर १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ  । नेपाल कृषि अनुसन्धान परिषद्‌बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।

काठमाडौं उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भएतापनि अव्यवस्थित शहरीकरण, जमिनको खण्डीकरणले गर्दा यहाँको कृषि जमिनमा अहिले घर तथा आवासीय क्षेत्र निर्माण हुँदै गएका छन्  ।

उपत्यका केही पुरानो बस्ती तथा गाउँहरूमा खेती गरिने भए पनि अन्य क्षेत्रमा भने खेती गर्न जमिनको अभाव देखिएको छ । खेतीयोग्य जमिनमा घर बनाउँदा धान चामलको आयात झनै बढेको देखिन्छ ।

काठमाडौं उपत्यकामा मात्र नभएर गाउँघरमा बसाइसराइँको प्रभावले खेती योग्य जमिन बाझो भएका छन् । तस्वीरमा काठमाडौं उपत्यकसँगै खेतीयोग्य जमिनमा निर्माण भएका आवास ।

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्