२३ असार २०८३, मंगलबार

लुम्बिनी प्रदेशको बजेट पारित

असार १८, २०८२
बुटवल
लुम्बिनी प्रदेशको बजेट पारित
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।

पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्