०१ साउन २०८३, शुक्रबार

ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

असार १९, २०८२
काठमाडौं
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । सम्झौताअन्तर्गत अमेरिकाले भियतनामबाट आयात गरिने सामानहरूमा २० प्रतिशत कर लगाउने बीबीसीले जनाइएको छ । 

ट्रम्पले सामाजिक सञ्जालको पोस्टमा भनेका छन् कि यो सम्झौताअनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क लगाउने छैन ।

यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत शुल्क लगाएको थियो। यो जुलाईको दोस्रो हप्तामा लागू हुने भनिएको थियो।

हाल, युरोपेली संघ र जापानलगायत दर्जनौं देशहरूले अमेरिकी शुल्क लागू हुनुभन्दा पहिले अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयास गरिरहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्