
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम शुरू गरेको छ ।
आज बिहीबारदेखि शुरू भएको यो कार्यक्रम यही असार २३ गते (जुलाई ३ देखि ७) सम्म चल्नेछ ।
कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी र कभ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ ।
‘७.७ डिल्स लाइक नेभर विफोर’ कार्यक्रम अर्न्तरगत ग्राहकले हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर (भ्याट), एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा नि:शुल्क रूपमा प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउनेछन ।
पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूममा यो कार्यक्रम सञ्चालनमा हुने छ ।
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, ‘७.७ डिल्स लाइक नेभर विफोर’लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।