
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डलसहित ९ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू गौरीशंकर मण्डल, सावनकुमार चौधरी, सब-इन्जिनियर छोटे मण्डल, नायब सुब्बा नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल र एकता सप्लायर्स प्रालि तथा उक्त प्रालिका सञ्चालक ईन्द्रेशकुमार सिंहलाई पनि आयोगले प्रतिवादी कायम गरेको छ ।
आयोगले सबै प्रतिवादीलाई जनही ३१ लाख ३४ हजार ७७८ रुपैयाँ बिगो कायम गरी शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नाला तथा फोहोरमैला व्यवस्थापन शीर्षकबाट विनाकुनै निर्णय बजार सेड निर्माण कार्यमा एउटै निर्माण व्यवसायीबाट फरक-फरक तीन वटा नाममा टेन्डर भर्न लगाएको पाइएको आयोगको दाबी छ ।
उनीहरूले कमिसन लिई विप्रतिस्पर्धा १ रुपैयाँको मात्रै फरक पारी एकता सप्लायर्ससँगको मिलेमतोमा सम्झौता गरी गुणस्तरहीन बजार सेड निर्माण गरी कामभन्दा बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति :