
युक्रेनको राजधानी किभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलबाट एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
शुक्रबार रुसले किभमा ५३९ ड्रोन र ११ क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले बताएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको हो ।
पुटिनसँगको वार्तापछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताएका थिए ।
साथै, रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनसँगको युद्ध जारी रहने बताएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन् ।