१८ असार २०८३, बिहीबार
भोजपुर हत्या घटना

सासू-ससुरासहित श्रीमती र सालोको हत्यापछि राजेन्द्रले नै गरेका थिए प्रहरीलाई फोन

असार २२, २०८२
विराटनगर
सासू-ससुरासहित श्रीमती र सालोको हत्यापछि राजेन्द्रले नै गरेका थिए प्रहरीलाई फोन

भोजपुरको रामप्रसाद राई गाँउपालिका–२ धोद्लेखानीमा गएराति ज्वाइँले ससुरालीका सबैको हत्या गरेका छन् ।

भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले श्रीमतीसहित सासू-ससुरा र सालोको हत्या गरेका प्रहरीले जनाएको छ ।

राईले माइतीघरमा रहेकी श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेश प्रसाद यादवले लोकान्तरलाई जानकारी दिए । 

हत्यापछि राजेन्द्रले नै प्रहरीलाई फोन गरेर ‘४ जना मारेको छु, मलाई पक्राउ गर्न आउनुस्’ भनेर प्रहरीलाई खबर गरेका थिए । 

‘हत्यापछि राजेन्द्रले नै मैले ४ जनाको हत्या गरेँ भनेर फोन गरेका थिए,’ प्रहरी निरीक्षक उमेशले भने, ‘हामी खोज्दै गयौं । उनी घटनास्थल भन्दा झन्डै ७ किलोमिटर माथि पुगेका रहेछन् ।’ 

रगताम्मे अवस्थामा उनलाई भेटेको प्रहरीले जनाएको छ । उनी आफैं पनि घाइते अवस्थामा फेला परेका थिए ।  उनको पेटमा तीन ठाउँमा छुरी लागेको छ । पहिला ससुराली पक्षले आक्रमण गरेपछि त्यसको प्रतिकार गरेको उनले प्रहरीलाई बताएका छन् । 

‘आक्रमण गर्न थालेपछि त्यही हतियार खोसेर अन्धाधुन्द आफूले आक्रमण गरेको भनेर हामीलाई उनले भनेका छन्’, प्रहरी निरीक्षक यादवले भने ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’

घटना राति करिब सवा १ बजेतिर घटेको इन्स्पेक्टर यादवले जानकारी दिए । 

भोजपुर अस्पताल प्राथिमक उपचार भइरहेको राईलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 

राजेन्द्रकी श्रीमती ४/५ दिन अगाडि मात्रै माइतमा पुगेकी थिइन् । दुवै जनाले अघिल्लो वर्ष असोजमा भागी विवाह गरेका थिए । बिहे हुँदा करिब १५ वर्षकी मात्रै थिइन् । 

मनीषालाई  विभिन्नखालको शारीरिक तथा मानसिक यातना दिएपछि उनी माइतीको शरणमा आएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

हत्या गरिएका ४ जनाको शव अहिले पनि घटनास्थलमै छ ।  घटनास्थलमा प्रहरीको टोली परिचालित भई थप अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्