
त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष आज दिउँसो शपथ लिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिस भएका तीन जनाबाट प्राडा अर्याल आजै उपकुलपतिमा नियुक्त भएका थिए ।