
भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसला ल्याउने घोषणा गरेको छ ।
यो योजनाबद्ध विस्तारमार्फत् क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको छ ।
यसले नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वाभाविक विस्तारलाई संकेत गर्ने कम्पनीको भनाइ छ ।
क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ, जसमा स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश छन् ।
यस ब्रान्डले अत्याधुनिक Low-Temperature Grinding (LTG) प्रविधिको प्रयोग गर्छ, जसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइराख्छ । क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ र चाँडै अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ ।
उक्त अवसरमा डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड श्री सन्दीप घोषले भने, ‘नेपालको प्याकेज्ड मसला उद्योगको हिस्सा बन्न पाउँदा र विशेषगरी यहाँका उपभोक्ताहरूको बदलिँदो प्राथमिकतालाई सम्बोधन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’
स्वाद, सुगन्ध र रंगमा स्थायित्व भएको उच्च गुणस्तरीय मसलाप्रतिको माग तीव्र रूपमा बढ्दो रहेको उनले बताए । जुन कुनै पनि परिकारको लागि मसला मुख्य आवश्यकता रहेको बताउँदै उनले भने, ‘क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वादअनुसार विशेष रूपमा तयार गरिएका उत्पादनसहित उपभोक्ताको यी विशिष्ट आवश्यकता पूरा गर्न आदर्श स्थान पाएको छ । डीएस ग्रुपको शुद्धता र उत्कृष्टताप्रतिको प्रतिबद्धता अटल छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ताले हाम्रो गुणस्तरको वाचालाई स्वीकार गर्नेछन् र क्याच स्पाइसेसले प्रतिनिधित्व गर्ने वास्तविक स्वादको अनुभव गर्नेछन् ।’

नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
क्याच ब्राण्डसँगको आफ्नो संग्लग्नताबारे सेफ शाह भन्छन्, ‘एक सेफका हैसियतले गुणस्तरीय मसलाले परिकारमा कस्तो गहिरो असर पार्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । क्याच मसला नेपालमा भित्रिनु अत्यन्तै सकारात्मक खबर हो र म विश्वस्त छु कि यसका गुणस्तरीय उत्पादनले घर तथा रेस्टुरेन्टमा छिट्टै स्थान बनाउने छ ।’
क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्याउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको छ । ब्रान्डको उपस्थितिलाई बलियो बनाउन ३६० डिग्री मार्केटिङ योजना अन्तर्गत टेलिभिजन, पत्रपत्रिका, रेडियो, बाहिरी विज्ञापनदेखि लिएर सोसल मिडिया प्लेटफर्मको व्यापक प्रयोग गरिनेछ ।
क्याच ब्रान्डले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउन ‘अन ग्राउण्ड’ एक्टिवेशनहरूमा विशेष ध्यान दिने वाचा गरेको छ, जसबाट ग्राहकहरूले वास्तविक उत्पादन अनुभव गर्न सकून् ।
यो प्रचार अभियान हाल पहिलो चरणमा रहेको छ र तीज, दसैंजस्ता प्रमुख चाडपर्वको मौसमभर निरन्तर रूपमा सञ्चालन हुँदै जानेछ । यस अभियानमा नेपालको प्रसिद्ध सेफ तथा क्याच ब्रान्डका एम्बेसडर सन्तोष शाहले पनि टिभी विज्ञापन र विभिन्न रोचक कार्यक्रममार्फत आफ्ना खाना पकाउने सीप र तरिकाहरू पछाडिका रहस्य उपभोक्तासँग बाँड्नेछन् ।