दैलेख प्रदेश क मा वामगठबन्धनका रेग्मी निर्वाचित

दैलेख, २३ मंसिर– प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज रेग्मी १० हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बिसीले आठ हजार ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सनतचन्द्र लबटले जानकारी दिनुभयो ।