
मध्यपश्चिम विश्वविद्यालयको सोमबार सम्पन्न १७ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रूपैयाँको बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार प्राडा. शोभाकर कँडेलद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।
पूँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।