
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पूर्वाञ्चल विश्वविद्यालयको बजेट स्वीकृत भएको छ ।
मंगलबार सम्पन्न ४१ औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रूपैयाँको बजेट स्वीकृत गरेको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा. कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।
यस्तै, उपकुलपति प्राडा. बिजुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।