२६ असार २०८३, शुक्रबार
मेयर रंगेहात पक्राउ

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित पक्राउ

असार ३२, २०८२
काठमाडौं
सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई पक्राउ गरेको छ ।

मेयर साह बुधबार दिउँसो एक लाख घुससहित रंगेहात पक्राउ परेका आयोग स्रोतले जनाएको छ । 

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

अन्तिम भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्