०९ असार २०८३, मंगलबार

चक्रपथ विस्तारको दोश्रो खण्ड अलपत्र, घाँस र झारले छोपियो सडक [फोटोफिचर]

साउन ४, २०८२
काठमाडौं
चक्रपथ विस्तारको दोश्रो खण्ड अलपत्र, घाँस र झारले छोपियो सडक [फोटोफिचर]

चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षासँगै घाँस र झार उम्रेर हरियाली भएको छ ।

सो सडक विस्तारमा ढिला गरिँदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडि बढ्न सकेको छैन । 

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।

हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।

त्यसैगरी नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भइरहेको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्