३१ असार २०८३, बुधबार

करिब ५० जना सवार रुसी विमान सम्पर्कविहीन

साउन ८, २०८२
काठमाडौं
करिब ५० जना सवार रुसी विमान सम्पर्कविहीन

रुसको सुदूर पूर्वमा लगभग ५० जना सवार एएन-२४ यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । 

स्थानीय आपतकालीन मन्त्रालयले अंगारा नामक एयरलाइन्सद्वारा सञ्चालित विमानसँग हवाई ट्राफिक नियन्त्रकहरूको सम्पर्क टुटेको जनाएको छ । 

एपी र रोयटर्सको समाचारअनुसार चीनको सीमामा रहेको अमुर क्षेत्रको टिन्डा शहर नजिक पुग्दा विमान राडारबाट बेपत्ता भएको हो ।

विमानको खोजी कार्य भैरहेको मन्त्रालयले जनाएको छ । दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।

विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्यहरू रहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्