
बुटवल, २३ मंसिर - प्रतिनिधिसभातर्फ रुपन्देही - २ मा वाम गठवन्धनका उम्मेदवार विष्णु पौडेल २२ हजार मतान्तरले विजयी भएका छन् ।
शनिवार रातिसम्मको अन्तिम मतगणनामा उनले ४४ हजार ३ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ३७ मत ल्याए ।