![सिंहदरबारमै आउँदैन मेलम्चीको पानी, यस्तो छ राष्ट्रपति-प्रधानमन्त्रीले उद्घाटन गरेका धाराको हालत [भिडियो]](https://lktcdn2.prixacdn.net/media/singhadarbar_melamchi_3vx7ZhW8sx.jpg)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार अगाडि भव्य कार्यक्रमबीच उद्घाटन गरेका मेलम्ची पानीका ढुंगे धाराहरू अहिले सुख्खा छन् ।
मेलम्चीको पानी वितरण गर्न उद्घाटन गरिएका ती धारामा अहिले पानी बग्दैन । सिंहदरबारजस्तो उच्च प्रशासनिक क्षेत्रमै मेलम्चीको पानी नपुगेपछि जार र बोतलको पानीको भरमा दैनिकी चलिरहेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी नियमितरूपमा वितरण गर्न कठिन रहेको बताए।
‘वर्षायाममा प्राकृतिक कारणले अवरोध आउँछ’, ‘उनले भने, तर अब आउने वर्षदेखि मेलम्चीको पानी नियमित वितरण गरेर जार र बोतलको पानी विस्थापन गर्ने योजना बनाएका छौं .’
सिंहदरबारमा मात्रै होइन, खरबौं लगानीको मेलम्ची आयोजनाको लाभ राजधानीबासीले अझै पूर्णरूपमा पाउन सकेका छैनन्।
उद्घाटन गरेर फोटो खिचाउने कार्यक्रममा तामझाम भए पनि दैनिक उपभोगका लागि मेलम्चीको पानी अझै सपना जस्तै बनेको छ।
भिडियो हेर्नुहोस् :