
भक्तपुर २४, मंसिर – भक्तुपरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतले विजयी हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका दमननाथ ढुंगानाले भन्दा झण्डै दोब्बर मतले जित हासिल गरेका हुन् ।
बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् ।