
गत आर्थिक वर्षमा स्मार्ट फोन खरिदमा नेपालबाट ३५ अर्ब रुपैयाँ बाहिरिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा स्मार्ट फोन खरिद बापत ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बाहिरिएको हो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ थान स्मार्ट फोन नेपाल भित्रिएका हुन् । एक वर्षमा सरकारले उक्त स्मार्ट फोन आयात बापत कुल ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यसका साथै नेपालले एक वर्षको अवधिमा कुल २९ करोड ४५ लाख ६२ हजार रुपैयाँ बराबरका १ लाख ७३ हजार ६७८ थान स्मार्ट वाचा आयात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३५ करोड ५१ लाख ४८ हजार बराबरको २ लाख ३९ हजार ६६९ थान स्मार्ट वाच आयात गरेको थियो ।