३० जेठ २०८३, शनिबार

श्रावणमा परिकारका थरिथरि रेसिपी: शाकाहारी खाने कि सख्त शाकाहारी ?

साउन १०, २०८२
काठमाडौं
श्रावणमा परिकारका थरिथरि रेसिपी: शाकाहारी खाने कि सख्त शाकाहारी ?

श्रावण महिनामा शिवपुजन र शिवभक्तिमा लाग्नेले माछामासु खाँदैनन् । श्रवणमा दिनहुँ या प्राय: सोमबार सबै शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास नेपालमा छ। भारतमा पनि यो महिनामा खिर खानु धेरै शुभ हुने मान्यता छ ।

दूधमा रोग प्रतिरोधात्मक क्षमता हुने भएका कारण श्रावण महिनामा दूध र दूधबाट बन्ने परिकार खाने गरिन्छ । यो महिना वर्षात्‌को महिना भएका कारण विभिन्न रोगबाट छुटकारा पाउन निश्चित फलफूल र सागसब्जी मात्र खाने गरिन्छ। रोग नलागोस् र संक्रमण नहोस् भन्ने हिसाबले पनि जे पायो त्यही खाने गरिन्न।

श्रावण १५ मा त झन् सबैको घरमा खिर पाक्ने गर्छ। मरिचको धुलो,घ्यु र सख्खर या चिनी हालेको खिर धेरैको जिब्रोमा झुन्डिएको हुन्छ। यो दिन एक पर्वको रूपमै प्राय: सबैको घरमा ताइचीन चामलको खिर पाक्छ । असार १५ दही चिउरा साउन १५ खिर भन्ने चलन नै छ। यी परिकारले शरीरमा धेरै ऊउर्जा प्राप्त हुन्छ।

श्रावण महिनाको खानपानमा विशेष ध्यान दिइने हुनाले कत्तिले त लसुन प्याजसम्म खाँदैनन् । यो महिना माछामासु नखानुको वैज्ञानिक कारण पनि छ । यो महिना धेरै गर्मी र नियमित वर्षाका कारण धेरै कुरा दूषित हुनु हो र शुद्धता निश्चितता नहुनु पनि हो । यो महिनामा तरकारी रोज्दा पनि जमिनमा फलेकोभन्दा पनि जमिनभन्दा माथि फल्ने लहरे सब्जीहरू खाँदा उत्तम हुन्छ ।

घ्यु मरिच खिर

सामग्रीः

ताइचीन चामल -२५० ग्राम

दूध- एक र आधा लिटर

शुद्ध घ्यु- ३ टेबल स्पुन

कालो मरिचको धुलो- आधा चिया चम्चा

सख्खर या खैरो चीनी- १२० ग्राम

काजु- ४ देखि ६ पिस

छगेडा- २ पिस

नरिवल- १० ग्राम

ठूलो बदाम- ५ देखि ७ पिस

विधि :

चिउरालाई राम्ररी केलाएर एउटा बटुकोमा राख्नुस् र दही हाल्दिनुस् । अब भिजाएर राखेको आफूसँग उपलब्ध ड्राइ नट्स काजु,बदाम,फर्सीको बिया,सूर्यमुखी फूलको बिया,खर्बुजाको गेडा (मगज) हालेर पस्कन सक्नुहुन्छ।

यो चिसो खाने परिकार हो । गर्मी याममा शरीरका लागि निकै फाइदाजनक मानिन्छ । घ्यु मरिच खिर चिसो या तातो जसरी खाँदा पनि हुन्छ। यो परिकार श्रावण महिनामा लागि एक शुद्ध र फाइदाजनक परिकार हो,जुन  घ्युमा तारेको पन्च फुरन आलु अचारसँग खान सकिन्छ ।

मार्सी चामल र घ्युफल सलाद

सामग्री

राम्ररी पाकेको मार्सी चामल- आधा कप

पाकेको मध्यम आकारको घ्युफल (आभोकाडो)- एक पिस

नुन- स्वादअनुसार

कागतीको रस- २ चम्चा

चप गरेको हरियो खुर्सानी- २ पिस

चप गरेको ताजा धनिया र पुदिना- आधा चम्चा

शुद्ध सलाद तेल- आधा चम्चा

विधि

मार्सी चामल आन्य चामलजस्तो सजिलै पाक्दैन। तसर्थ यसलाई आलीज्यादा पानी हालेर पकाउनुस् र चिस्याउनुस्। चिसो हुनासाथ मसिनो गरी काटेको घ्युफल,नुनकाटेको हरियो खुर्सानी,धनिया,पुदिना,नुन,कागतीको रस र तेल हालेर मोल्नुस्। अब तयार भएको सलाद पस्कन सक्नुहुन्छ। यो सलाद स्वास्थ्यका हिसाबले निकै लापदायक र सख्त शाकाहरी (भिगान) परिकार हो ।

दही फल चिउरा

सामग्री

सादा दही- एक कप

ताइचीन चिउरा- आधा कप

काटेको आप- एल पिस

भिजाएर राखेको मिक्स ड्राइ नट्स- २ चम्चा

पाकेको केरल- १ पिस

विधि

चिउरालाई राम्ररी केलाएर एउटा बटुकोमा राख्नुस् र दही हाल्दिनुस् । अब भिजाएर राखेको आफूससँग उपलब्ध ड्राइ नट्स काजु,बदाम,फर्सीको बिया,सूर्यमुखी फूलको बिया,खर्बुजाको गेडा (मगज) हालेर पस्कन सक्नुहुन्छ। यो चिसो खाने परिकार हो । गर्मी याममा शरीरका लागि निकै फाइदाजनक मानिन्छ ।

मुङ्गको बाबर

सामग्री

एक रात फिजाएर पिसेको गेडा मुङ्ग दालको लेदो- एक कप

नुन- स्वादअनुसार

घ्यु- २ चम्चा

मसिनो गरी काटेको हरियो खुर्सानी- १ पिस

धनिया गोल्भेडाको अचार- २ चम्चा

विधि

भिजाएर पिसेको मुङ्गको लेदोमा स्वादअनुसार नुन,मसिनो गरी काटेको हरियो खुर्सानी हालेर मिक्स गर्ने र केहीबेर छोपेर राख्ने । अब तावा तताएर थोरै घ्यु हाली ठिक्क ठिक्कका बाबर बनाउने र एक साइड पाक्नासाथ अर्कोतर्फ फर्काएर पकाउने।

अब यो बाबरलाई एक साइडमा जम्मा गर्दै जाने । पाकेपछि पोलेको गोल्भेडा,हरियो खुर्सानी,धनीया र नुन हालेर पिसेको अचार र सादा दहीसँग सेवन गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्