०२ साउन २०८३, शनिबार

थाइल्याण्डसँग सीमापार द्वन्द्व भइरहेका बेला कम्बोडियाले गर्‍यो तत्काल युद्धविरामको माग

साउन १०, २०८२
काठमाडौं
थाइल्याण्डसँग सीमापार द्वन्द्व भइरहेका बेला कम्बोडियाले गर्‍यो तत्काल युद्धविरामको माग

दुई दिनदेखि थाइल्याण्डसँग सीमापार द्वन्द्व भइरहेका बेला कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ । संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका राजदूत छिया केओले कुनै पनि शर्त बिना द्वन्द्वको अन्त्यको माग गरे । 

उनले कम्बोडियाले विवादको शान्तिपूर्ण समाधान चाहेको बताए । 

यद्यपि, थाइल्याण्डले कम्बोडियाको प्रस्तावमा अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

यसअघि थाइल्याण्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो।

बिहीबारदेखि दुई देशबीच झडप शुरू भएदेखि कम्तीमा १६ जनाको मृत्यु भएको छ र १० हजारभन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

थाइल्याण्ड र कम्बोडियाले एकअर्कामाथि पहिले गोलीबारी गरेको आरोप लगाइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्