
नेपालको उच्च शिक्षाको क्षेत्र दिनप्रतिदिन विस्तार र प्रतिस्पर्धी बन्दै गइरहेको छ । शिक्षामा लगानी र त्यस अनुसारको पूर्वाधार विकास पनि भएको छ । शिक्षामा उत्कृष्टता, व्यावसायिकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासहित यस क्षेत्रको विकास भइरहेको देख्न सकिन्छ ।
नेपालमा स्नातक तहको पढाइका लागि कयौं निजी तथा सरकारी क्याम्पसहरू सञ्चालनमा छन् । जसमध्ये काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (केयूएसओएम), लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) र नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) उत्कृष्ट व्यवस्थापनका उत्कृष्ट उदाहरण हुन् ।
काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यी तीनवटै निजी संस्थाले स्नातकदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका छन् ।
नेपालमा व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात सन् १९५४ मा त्रि–चन्द्र कलेजले बी.कम कार्यक्रम सुरु गरेसँगै भएको मानिन्छ । सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछिका दशकहरूमा यो शिक्षा विस्तार हुँदै गयो । तर, व्यवस्थापन शिक्षामा उच्च गुणस्तर र व्यावसायिकताको नयाँ युग भने १९९० पछि शुरू भएको हो । जब मुलुकले उदार शिक्षा नीति अपनायो यसैबेला काठमाडौं विश्वविद्यालय स्थापना भयो ।
काठमाडौं विश्वविद्यालयले निजी कलेजहरूसँग सहकार्य गर्दै व्यावसायिक शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।
हाल देशभर सयौं कलेजहरू व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेका छन् । केयूएसओएम, एलएसीएम र एनसीएमजस्ता कलेजहरूले गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय मान्यता र व्यवहारिक तालिम प्रदान गर्दै आएका छन् । यी कलेजहरूमा विद्यार्थी छनोट प्रक्रियादेखि अध्यापन विधि, मूल्यांकन प्रणाली, करियर गाइडेंस र रोजगारीमा सहजीकरणसम्मका सबै पक्षमा पारदर्शिता देखिन्छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (केयूएसओएम)
सन् १९९३ मा स्थापना भएको केयूएसओएम नेपालमै ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन अर्थात् बीबीए कार्यक्रम सुरु गर्ने पहिलो संस्था हो । ललितपुरको बालकुमारीस्थित क्याम्पसमा सञ्चालन भइरहेको यस कलेजले स्नातकमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन(बीबीए), ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम्स (बीबीआइएस), ब्याचलर अफ प्रोफेशनल हस्पिटालिटी(बीपीएम), ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट(बीएचएम) र ब्याचलर इन एभिएसन म्यानेजमेन्ट(बीएएम)कार्यक्रमअरु सञ्चालन गर्दै आइरहेको छ ।
यसका साथै स्नातकोत्तर तथा विद्यावारिधितर्फ मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए), एक्जिक्युटिभ एमबीए (इएमबीए), मास्टर्स इन बिजनेस इकोनोमिक्स(एमबीइ), एम.फिल र पी.एच.डी लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
उच्च शैक्षिक गुणस्तर, अनुभवी प्राध्यापकहरू, उद्यमशीलता प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यले केयूएसओएमलाई अग्रणी स्थानमा उभ्याएको छ । उत्कृष्ट शैक्षिक गुणस्तर नेपालका उत्कृष्ट बिजनेस स्कूलहरूमध्येको एक केयूएसओएमा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम र शिक्षण विधि अपनाएको छ । जसले विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ ।
व्यवहारिक र उद्योग उन्मुख शिक्षाअन्तर्गत सैद्धान्तिक ज्ञानका साथै, केस स्टडी, फिल्डवर्क, इन्टर्नसिप र परियोजनामा आधारित सिकाइ मार्फत व्यावहारिक अनुभव र उद्योगसँग सम्बन्धित सीपमा कलेजले जोड दिन्छ । विद्यार्थीलाई उद्यमशील बन्न कलेजले स्टार्टअपलाई इन्क्युबेशन सेन्टर, बिजनेस ल्याब र मेन्टरशिप मार्फत सहयोग गर्ने गर्दछ ।
कलेजको यस्तो उत्कृष्ट व्यवस्थापनले यसै कलेजका विभिन्न क्षेत्रमा सफल उद्यमी, सीईओ र नेतृत्वकर्ताका रूपमा स्थापित भएका छन् ।
काठमाडौं विश्वविद्यालयले ७० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय र संस्थाहरूसँग सहकार्य गरेको छ । यसले विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त अनुसन्धान र विदेशमा इन्टर्नसिपका अवसरहरू प्रदान गर्दै आइरहेको छ ।
लिटिल एन्जेल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम)
लिटिल एन्जेल्स एजुकेसन ग्रुपद्वारा सञ्चालित एलएसीएम सन् १९९९ मा स्थापना भएको हो । हात्तीवनमा अवस्थित यस कलेजले बीबीए, बीबीआइएस र बीएचएम कार्यक्रमहरू काठमाडौं विश्वविद्यालयको पाठ्यक्रमअनुसार सञ्चालन गर्दै आएको छ ।
व्यावसायिक वातावरण, अनिवार्य इन्टर्नसिप, उद्योग अवलोकन भ्रमण, बिजनेस केस स्टडी र बिजस्टाइल म्यागजिन प्रकाशनमा कलेजले जोड दिदै आइरहेको छ । जसले विद्यार्थीलाई व्यवहारिक, विश्लेषणात्मक र नेतृत्व सीप विकास गर्न मद्दत गर्ने कलेजको बुझाई छ । कलेजको ‘हाटबजार’ कार्यक्रमले विद्यार्थीलाई सानैदेखि उद्यमशील बन्न प्रेरित गर्दै आएको छ । जुन आजभोलि निकै कम देखिने गरेको छ ।
कलेजले सैद्धान्तिक ज्ञानका साथै अनिवार्य इन्टर्नसिप, औद्योगिक भ्रमण, केस स्टडी र परियोजना कार्यहरू मार्फत विद्यार्थीहरूलाई व्यावहारिक सीप र उद्योगको वास्तविक अनुभव प्रदान गर्नमा जोड दिँदै आइरहेको छ ।
उद्योगसँग बलियो सम्बन्ध विभिन्न कर्पोरेट हाउसहरूसँग राम्रो सम्बन्ध स्थापित गरेको छ । यसले विद्यार्थीलाई इन्टर्नसिप र स्नातकपछि रोजगार प्लेसमेन्टमा सहयोग पुर्याएको छ ।
नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम)
ललितपुरस्थित एनसीएम पनि सन् १९९९ मा स्थापना भएको हो । गुरुकुल एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित यो कलेजले केवल व्यावसायिक डिग्री मात्र नभई सामाजिक उत्तरदायित्वसहितको शिक्षा प्रदान गर्ने संस्था हो ।
एनसीएमले बीबीए र बीएचएम कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस कलेजले इन्टर्नसिप, केस स्टडी, फील्डवर्क, सेमिनार लगायत अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको व्यक्तित्व विकासमा जोड दिँदै आइरहेको छ । कलेजमा अडियो–भिजुअल कक्षा, अत्याधुनिक ल्याब, पुस्तकालय, स्पोर्ट्स सुविधा लगायतको सम्पूर्ण शैक्षिक पूर्वाधार उपलब्ध छन् । विद्यार्थीलाई विशिष्ट श्रेणीको शिक्षाका लागि यस कलेजले आवश्यक सम्पूर्ण ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै आइरहेको छ ।
नेपालमा व्यवस्थापन शिक्षा केवल डिग्री लिनको लागि मात्र नभई, व्यवहारिक ज्ञान, उद्यमशीलता, नेतृत्व विकास र वैश्विक प्रतिस्पर्धाका लागि तयार हुने माध्यमका रूपमा स्थापित हुँदै गएको छ । त्यसका उत्कृष्ट उदाहरण हुन् केयूएसओएम, एलएसीएम र एनसीएम । यी संस्थाले नेपाली युवालाई न केवल दक्ष व्यवस्थापक बनाउन, तर सक्रिय उद्यमी र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन् ।