२६ जेठ २०८३, मंगलबार

नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान लन्च हुने

साउन १४, २०८२
काठमाडौं
नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान लन्च हुने

यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन् । 

वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान लन्च गर्ने भएको हो ।

कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक माइक्रोभ्यानमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ ।

१५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

सनलङको यो माइक्रो भ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् ।

सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ । 

कम्पनीले यी इलेक्ट्रीक भ्यानसँग ३.३ पिकलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ । 

ब्लू कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रूपैयाँ तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्