
एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापछि यस बैंकका ग्राहकले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने एनआईसी एसिया बैंकले जनाएको छ ।
ग्राहकले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरू; कपाल प्रत्यारोपण, अनुहार सौन्दर्य उपचार (फेसियल), बुढ्यौली रोकथाम उपचार, दागको उपचार, पिम्पल/गाहा (एक्ने)को उपचार र हाइपरबेरिक अक्सिजन थेरापीमा १० प्रतिशत र कोरियन उत्पादनमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत् भुक्तानी गर्नुपर्ने छ ।
लेट मेइनसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।