![बीपी राजमार्गको २५ किलोमिटर खण्ड पुनर्निर्माण थालियो, यस्तो छ अहिलेको अवस्था [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/BP_Highway__1_1_JJiXuMefGp.jpg)
२०८१ असोजमा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ । भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो ।
अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।
सरकारले राजमार्गको आपतकालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन १२ गतेको बैठकले राजमार्ग पुनर्स्थापनाका लागि जापानी अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।






