२४ जेठ २०८३, आइतबार

बुटवलमा छोरीलाई नि:शुल्क प्राविधिक शिक्षा

साउन १६, २०८२
बुटवल
बुटवलमा छोरीलाई नि:शुल्क प्राविधिक शिक्षा

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)मा छोरीलाई नि:शुल्क पढाउन शुरू गरिएको छ।

बुटवल उपमहानगरपालिकाको आर्थिक र बीटीआईको प्राविधिक सहयोगमा ‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम अन्तर्गत टेक्निकल अध्ययन कार्यक्रमको शुरू गरिएको हो ।

दुई वर्षे ‘प्री डिप्लो’मा लेबलको कोर्षका लागि मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जना रहेका छन् । छनोटमा परेर पढाई शुरू गरेका ४० जना लुम्बिनी प्रदेशका प्राय सबै जिल्लाका छन् । कार्यक्रमको शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुरूआत गरे ।

सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेय शिक्षाको क्षेत्रमा लगानी बढाउँदै छोरीलाई प्राविधिक शिक्षासँग जोडन कार्यक्रम सञ्चालन गरिएको बताए । छोरीलाई प्राविधिक शिक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम शुरू गरिएको बताउँदै मेयर पाण्डेयले मेकानिकल र इलेक्टिकलजस्ता महत्त्वपूर्ण व्यापारिक क्षेत्रमा दुई विषयको तालिम लिएपछि आत्मनिर्भर र समाजको विकासमा सक्रिय योगदान पुर्‍याउन सक्ने आशा व्यक्त गरे ।

‘प्री डिप्लोमा’ तहको यो कोर्ष पूरा गरेपछि रोजगार र स्वरोजगार हुने सम्भावना धेरै रहन्छ । यो  विषय २ वर्षसम्म पढाइ र प्रयोगात्मक रूपमा हुने भएकाले अध्ययन सकेपछि छोरीहरूले विद्युत् प्राधिकरणसहितका अन्य विद्युत् कम्पनी, निजी क्षेत्रमा समेत रोजगार प्राप्त गर्ने सहज हुन्छ ।

उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नो क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न उपमहानगरपालिकाले छोरीहरूमा लगानी गरिरहेको बताइन् । बीटीआई शिक्षा र सीप विकासको क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाको रूपमा स्थापित छ ।

बीटीआईका तालिम विभाग प्रमुख मानकाजी कुमालले अहिले मेकानिकल, इलेक्टिकल, सिभिल (बीएन्डसी) वेल्डिङलगायतका पढाई सञ्चालन भइरहेका बताए ।​

प्रयोगात्मकको लागि उद्योगमा सिक्दा विद्यार्थीले कमाई पनि गर्न सक्ने कुमालले बताए । बीटीआईमा एक हप्तादेखि १ वर्षेसम्मका विभिन्न तालिमहरू पनि चलिरहने गर्छन् ।

बीटीआईका उत्पादन अहिले देश तथा विदेशका कम्पनीहरूमा काम र आफ्नै व्यवसाय पनि सञ्चालन गर्दै आइरहेका निमित्त प्रशासन अधिकृत सम्झना सुवेदीले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्