२९ असार २०८३, सोमबार

रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन

साउन १८, २०८२
काठमाडौं
रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन

रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन भएको छ । 

काठमामाडौंको एक होटलमा आयोजित विशेष कार्यक्रममा रोटरी ई क्लबका नवनियुक्त अध्यक्ष कञ्चन तामाङ तथा रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल-भुटानका गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । 

निवर्तमान रोटरी क्लबका अध्यक्ष राज श्रेष्ठ तथा रोटा किड्सका अध्यक्ष आरभ श्रेष्ठलाई उनीहरूको सफल कार्यकालको कदर स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो । 

रोटरी ई क्लबका पहिलो महिला अध्यक्षको रूपमा क्लबको नेतृत्व ग्रहण गर्न पाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष तामाङले ‘रोटरी फर हर’लाई मूलमन्त्र बनाउँदै आफ्नो कार्यकालमा महिलाहरूलाई केन्द्रविन्दु राखेर समाजमा सकारात्मक योगदान दिने प्रतिवद्धता जनाइन् । 

रोटरी ई क्लब भर्चुअल माध्यमबाट क्लब सञ्चालन हुने  नेपालको पहिलो क्लब भएको सन्दर्भमा अध्यक्ष तामाङको अध्यक्षताको पदभार पनि भर्चुअल माध्यमबाट नै भएकोमा कार्यक्रम विशेष बन्न पुगेको थियो ।  

कार्यक्रममा निवर्तमान अध्यक्ष राज श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउनमा भूमिका खेल्ने बोर्डका सदस्यहरूलाई सम्मान गर्दै विशेष भूमिका निर्वाह गरेको  स्मिता प्रधान र कविद्र नापितलाई प्रशंसा पत्र प्रदान गरे । 

कार्यकममा रोटा किड्सका परियोजनाकार क्लबका चार्टर प्रेसिडेन्ट अनिल श्रेष्ठले रोटा किड्सको पृष्ठभूमि तथा महत्त्वलाई प्रकाश पारेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्