२८ असार २०८३, आइतबार

एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

साउन १८, २०८२
काठमाडौं
एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ । पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटहर लगायत करिब दुई सय फलफूलका विरुवा रोपिएको हो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले विरुवा रोपेर कार्यक्रमको शुरूआत गरे ।  उनले एनएमबि बैंक दिगो विकास अन्तर्गत वातावरणमैत्री  र पर्यावरण संरक्षणका लागि प्राथमिकता राखेर काम गरिरहेको बताए । 

जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइका अभियान  निरन्तर गरिरहेको बताए ।

उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात  वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ कारोबार तथा  कर्जा लगानी गरेको बताउँदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाई एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे । 

null

तिलोत्तमा-६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाई छनोट गरि वृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे । 

तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाई उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफूहरू लागेको जानकारी दिए । 

एनएमबि बैंकले हाल देशभरी २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्