
प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न न्याय परिषद्ले परामर्श दिएको छ।
बुधबार प्रधान्ययाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष नियुक्तिका लागि सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको हो ।
‘प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन, २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम नेपाल न्याय सेवा, रा.प. विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता) पदमा काम गरेका डा. टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने’, निर्णयमा भनिएको छ ।
घिमिरेले नायब महान्यायाधिवक्ताबाट अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि यही साउन २ गते पदबाट राजीनामा दिएका थिए ।
