
सुनसरी क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको छ ।
सोमबार बिहानको मतगणनाअनुसार कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरीबीचको प्रतिस्पर्धा रोचक देखिएको छ ।
सुरुमा गच्छदारले अग्रता लिएका भएपनि पछिल्लो समय चौधरीले अग्रता फराकिलो बनाएको अवस्थामा अहिले झिनो मतान्तरले मात्र चौधरी अघि रहेकीछिन् ।
ताजा अवस्थामा चौधरीको २७७१२ मत रहेको छ भने गच्छदारको २७४४१ मत रहेको छ ।