२९ असार २०८३, सोमबार

साहस ऊर्जाको नाफामा उछाल, अघिल्लो आवको तुलनामा दोब्बरले बढ्यो

साउन २५, २०८२
काठमाडौं
साहस ऊर्जाको नाफामा उछाल, अघिल्लो आवको तुलनामा दोब्बरले बढ्यो

साहस ऊर्जा लिमिटेडले आफ्नो नाफा दोब्बर पुर्‍याएको छ ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा खुद नाफा ९० करोड २७ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष सोही अवधिमा यो नाफा ४२ करोड ३ लाख रुपैयाँ मात्र थियो।

विद्युत् बिक्री आम्दानी बढ्नुका साथै बैंकको ब्याज पनि घटेकाले नाफामा उछाल आएको हो ।

विवरणअनुसार कम्पनीले गत वर्ष २ अर्ब ६४ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी हो।

त्यस्तै, वित्तीय लागत अघिल्लो वर्षको १ अर्ब १६ करोड रुपैयाँबाट घटेर गत वर्ष ८० करोड ५ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ पुगेको छ।

साहस ऊर्जाले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा निर्माण गर्ने कार्य अगाडि बढिसकेको पनि जानकारी दिएको छ ।

त्यसका लागि फिल्डमा कर्मचारी खटिसकेको कम्पनीले जनाएको छ । हालै मात्र कम्पनीले निजी क्षेत्रकै ठूलो उक्त आयोजनामा लगानी जुटाएको थियो ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७६.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्