२९ असार २०८३, सोमबार

यी हुन् उत्तराखण्ड बाढीमा हराएका २६ नेपाली

साउन २७, २०८२
काठमाडौं
यी हुन् उत्तराखण्ड बाढीमा हराएका २६ नेपाली

भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।  

सडक निर्माणको काममा ज्यालादारी गर्न बंकुरा पुगेका उनीहरू सडक किनारमै टुण्ट गाडेर बसिरहेका थिए । बाढीले टेन्टसहित उनीहरूलाई पहिरोले बगाएको हो । 

उत्ररकाशीको धराली क्षेत्रमा मंगलबार आरिघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्रीमा मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ । गंगोत्री धामबाट बग्ने भागीरथी नदीको किनार र धामको अन्तिम बजारको रूपमा रहेको धराली बाढीपश्चात बगरमा परिणत भएको छ ।

null

 

salt training

कमेन्ट गर्नुहोस्