३२ असार २०८३, बिहीबार

कोरोनाकालदेखि रोकिएको भारत र चीन सिधा हवाई उडान चाँडै शुरू हुने

साउन २८, २०८२
काठमाडौं
कोरोनाकालदेखि रोकिएको भारत र चीन सिधा हवाई उडान चाँडै शुरू हुने

भारत र चीनबीच सिधा हवाई उडान शुरू हुने भएको छ । भारत सरकारले एयर इन्डिया र इन्डिगो जस्ता एयरलाइन्सलाई तुरुन्तै चीनमा उडान शुरू गर्न तयार रहन भनेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना अवधिपछि यो सेवा बन्द गरिएको थियो।

सन् २०२० मा गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्ध निकै तिक्त बनेको थियो । 

कोरोना महामारीअघि दुई देशबीच प्रत्येक महिना ५३९ सिधा उडान हुने गर्थ्यो। समाचार एजेन्सी ब्लूमबर्गको रिपोर्टअनुसार, अगस्टको अन्त्यमा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा भारत र चीनबीच सिधा उडान सेवा पुनः शुरू गर्ने तयारीको आधिकारिक घोषणा हुने सम्भावना छ । 

पछिल्ला महिनाहरूमा दुई देशबीच धेरै मुद्दाहरूमा छलफल भएको छ। दुवै देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनमाथि लगाएको एकतर्फी शुल्कको विरोध गरेका छन् । भारत सरकारले पनि जुलाई २४ देखि चिनियाँ पर्यटकहरूलाई फेरि भिसा जारी गर्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्