२४ जेठ २०८३, आइतबार

गीतकार गणेश उप्रेतीको तीज गीत ‘ए साथी संगी हो’ सार्वजनिक

साउन २९, २०८२
काठमाडौं
गीतकार गणेश उप्रेतीको तीज गीत ‘ए साथी संगी हो’ सार्वजनिक

तीज पर्वमा रातो साडी लगाएर माइतीघरको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने हिन्दू महिलाहरूको परम्परा हो । यो पर्व हिन्दू महिलाहरूको विशेष पर्व हो । यो संगीत र साधनाको पर्व पनि हो । 

यही हरितालिका (तीज)को अवसर पारेर  गायिका पुनम गुरुङको आवाज रहेको तीजको गीत ‘ए साथी संगी हो’को लिरिकल भिडियो सार्वजनिक भएको छ । 

यस गीतका गीतकार गणेश उप्रेतीले आफ्नै युट्युब च्यानल एरिना इन्टरटेन्टमेन्टमार्फत् बिहीबार सार्वजनिक भएको हो । करुणा कँडेलको निर्माण रहेको यस गीतमा संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

रेडियो नेपालको स्टुडियोमा रेकोर्डिङ गरिएको यस गीतमा नेपाली मौलिकता र आधुनिकताको सन्तुलन पाइन्छ । त्यसैले पनि सबै श्रोता तथा दर्शकको मन जित्ने विश्वास रहेको गीतकार उप्रेती बताउँछन् । 

एक दशकदेखि गीत संगीतमा क्रियाशील रहेका उप्रेतीको ‘तिम्रो दिलको’, ‘लगन जुरेर’, ‘लाइदेऊ माया’, ‘नजरको गुलेली’, ‘जाले रुमाल’, ‘दिल यहाँ’ जस्ता दर्जन बढी चर्चित गीत यसअघि नै सार्वजनिक भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्