०५ साउन २०८३, मंगलबार

एनआईसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

साउन ३०, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलआइड साइन्सबीच छुट सम्झौता भएको छ ।

बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ अन्नपूर्णसँग सम्झौता भएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार समझदारीसँगै यस बैंकका ग्राहकहरूले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU र Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने उनले जानकारी दिए ।

उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्